२०८२ फाल्गुन ६ | Feb 18, 2026

उच्च बिन्दूबाट घट्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १
|
23.1k views

ललितपुर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा १ हजार ९०० रुपैयाँले बढेको सुन मंगलबार भने तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५९ हजार ९०० रुपैयाँमा खरिदविक्री भइरहेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । सोमबार भने चाँदी ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया