२०८२ भाद्र ६ | Aug 22, 2025

उपत्यकाको वायु प्रदुषणमा क्रमिक सुधार

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २९

काठमाडौँ । काठमाडौं उपत्यकामा बढिरहेको वायु प्रदुषणमा शुक्रबार बाट भने केही सुधार देखिएको छ । बुधबार साँझदेखि परेको पानी र हल्का हावाहुरीका कारण राजधानी काठमाडौंको वातावरण सुधार देखिएको हो । धेरै दिनदेखि विश्वको प्रदुषित शहरको सूचीमा १ नम्बरमा परेको काठमाडौं शुक्रबार भने सातौँ नम्बरमा पुगेको छ ।

तर पनि काठमाडौं उपत्यकाको वायुको गुणस्तर स्वच्छ भने छैन । १५० भन्दा माथिको वायु हानीकारक हुन्छ । शुक्रबार पनि १५३ एक्युआई भन्दा घट्न सकेको छैन । आज पनि काठमाडौं उपत्यकाको वायुको गुणस्तर ‘रेड जोन’ मा नै रहेको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार शुक्रबार बिहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा रहेको छ ।

शुक्रबार बिहान ९ः४० मिनेटको मापन अनुसार काठमाडौँको एक्यूआई १५३ रहेको छ । यस किसिमको वायु अस्वस्थकर हो । अझै पनि राजधानीको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११.८ गुणा बढी रहेको छ ।

शुक्रबार कुवेतको कुवेत सिटी विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पुगेको छ । त्यहाँ एक्यूआई ६४३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा ईराकको बगदाद र तेस्रो स्थानमा साउदी अरबको रियाद सहर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया