२०८२ फाल्गुन ६ | Feb 18, 2026

उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २६
|
1k views

ललितपुर । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ विभिन्न बैंकको मुद्दती लगानी गर्ने भएको छ। यसका लागि सोमबार अर्थात् मंसीर २९ वगते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म अर्थात एक वर्षका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया