|
|
२०८२ मंसिर ९
10.8k views
ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदीको मूल्य ३ हजार १ सय १५ रुपैयाँ कायम थियो ।








फेसबुकबाट तपाईको प्रतिक्रिया