२०८२ आश्विन १६ | Oct 02, 2025

एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ८
|
1.9k views

ललितपुर । एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको थियो । प्रहरीले उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद गरेको छ ।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो । प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारमा लुकाएको अवस्थामा ३ वटा डल्ला सुन फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया