२०८२ फाल्गुन ६ | Feb 18, 2026

एमाले महाधिवेशन : जम्मा २२२७ मत खस्यो, तीन घण्टाभित्र परिणाम आउने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३
|
1.3k views

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । केहीबेरअघि मात्र सम्पन्न मतदानमा मजम्मा र्दुई हजार २२२७ मत खसेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ३६ जना भने मतदानमा अनुस्थित भएको जानकारी केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले दिएका छन् । उनका अनुसार महाधिवेशनमा जम्मा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

मतगणना भने सुरु भइसकेको र तीनघण्टाभित्र परिणाम आउने जानकारी समेत उपाध्यक्ष पोखरेलले दिएका छन् । उनले भने, “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएर विहीबार बिहान ७ बजे सकिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया