२०८२ भाद्र २४
5k views

हरि तिमल्सिना
परिवर्तनका लागि युवाशक्ति हुँदैछन् आगो
यो देशले तिनै युवाको रगत किन मागो ?
युवा पिंढीमा परिवर्तनको उर्जा जागेकै हो
मलाई पनि यो सरकार ढाल्न मन लागेकै हो ।
बूढा नेता हो ! ढलपल ढलपल गर्दै यो सरकार किन चलाउँछौ ?
सत्ता छोडिदिए हुन्छ अब हामी युवाशक्तिले देश बनाउँछौं ।
बूढाले अझै सत्ता नछोड्ने हो भने देश पूरै गल्ने छ
युवा तातेका बेला बिन्ती हात झिक, बल्ल देश बन्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया