२०८२ फाल्गुन ६ | Feb 18, 2026

कांग्रेस केन्द्रिय समिति बैठक आइतवार सम्मका लागि स्थगित – १५औँ महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै चार मिति प्रस्ताव

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २१
|
663 views

ललितपुर। नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आइतवार सम्मका लागि स्थगित भएको छ । गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी छुट्टाछुट्टै चार मिति प्रस्ताव भएका छन् ।

गत मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका थिए ।

शुक्रबारको बैठकमा थप दुई मिति प्रस्ताव भएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य किरण राज शर्मा पौड्यालले वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर पार्टीको महाधिवेशन उद्घाटन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबारकै बैठकमा अर्का केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गते मंगलादेवीको जन्म जयन्तीको अवसर पारेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया