ललितपुर। काठमाडौं उपत्यका लगायत देशभर चिसो बढिरहेको छ । तराईमा बाक्लो हुस्सुका कारण चिसो बढेको छ भने पहाडी भेगमा बाक्लो तुसारो परिरहेको र हिमाली भेगमा हिउ जमेका कारण मुलुकभर चिसो दिनदिनै बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पुष २५ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष आजसम्मको मापनमा यो कम तापक्रम हो ।
यसअघि पुस २० गते उपत्यकाको तापक्रम ३ डिग्री मापन गरिएको थियो ।
आज बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –७.७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै आज दिपायलको न्यूनतम तापक्रम १.४, डडेलधुराको १.५, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९, घोराहीको ५.२, ओखलढुंगाको ५.३, सिमराको ५.९, धनकुटाको ६.२, पोखराको ६.३, चन्द्रगढीको ६.५, भैरहवा र विराटनगरको समान ६.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया