ललितपुर । आज ४ विभागका सिफारिस भएका ४ मन्त्रीहरुले शपथ लिने भनिए पनि विवादका कारण दुई मन्त्री खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । अन्तिम समयमा आएर दुई जनाको नाम मन्त्रीको सूचीबाट हटाइएको स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा दुई नवनियुक्त मन्त्रीहरूको शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा सपथ दिलाए ।
मन्त्रीमा सिफारिस भएपछि खगेन्द्र विभिन्न मुद्दामा मुछिएको खुलेको थियो । उनी श्रममन्त्रीमा सिफारिस भएका थिए ।
पहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नाम सिफारिस भएका गणपतिलाल श्रेष्ठको मन्त्रालयको फेरिएको समाचार बाहिरिए पनि पछि उनको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको थियो । तर सपथ ग्रहणमा भने श्रेष्ठको पनि उपस्थिति देखिएन ।
उनको शपथ रोकिएको कारण भने खुलेको छैन ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया