२०८२ फाल्गुन ६ | Feb 18, 2026

गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ल, जेनजी युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
1.7k views

पोखरा । गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा जेनजी युवाहरूले तीव्र आपत्ति जनाएका छन्। विश्वविद्यालयभित्र देखिएका अनियमित खर्च, पारिवारिक नियुक्ति र सेवा–सुविधा वितरणका अनियमित विवरण सार्वजनिक भएपछि युवाहरूले कुलपति र रजिष्ट्रारसँग प्रत्यक्ष जवाफ मागेका हुन्।

जेनजी युवा अभियन्ता विजय पराजुली, निर्दोष विक्रम पौडेल, प्रकाश वास्तोला र दिफान भुजेल लगायतका युवाहरूले सञ्चारकर्मीहरू सामु रजिष्ट्रारलाई प्रश्न गर्दै विश्वविद्यालयको पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले विश्वविद्यालयका पदाधिकारीहरू र तिनका परिवारजनहरूलाई लाभ हुने गरी विभिन्न तहमा पद र सुविधा बाँडिएको आरोप पनि लगाएका छन्।

उनीहरूका अनुसार विश्वविद्यालयको नाममा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनदेखि लिएर नातागोता र निकट सम्बन्धका आधारमा पद, सुविधा र आर्थिक लाभ वितरण गरिएको छ। उक्त घटनाले प्रदेशकै शैक्षिक संस्था माथि प्रश्नचिह्न उठाएको भन्दै युवाहरूले अनुसन्धान र कारबाहीको माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया