२०८२ फाल्गुन ६ | Feb 18, 2026

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड २०२४’ – बैंकिङ क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक ११
|
561 views

काठमाण्डौ ११ कार्तिक २०८१

ग्लोबल आइएमई बैंकले वित्तीय क्षेत्रको प्रतिष्ठित अवार्ड ‘बेष्ट बैंक अवार्ड २०२४’ हासिल गरेको छ।

ग्लोबल फाइनान्स म्यागाजिन द्वारा प्रदान गरिएको यस सम्मानले बैंकको विश्वसनीयता, वित्तीय स्रोतहरूको कुशल परिचालन, पहुँच विस्तार, र ग्राहककेन्द्रित सेवाहरूको निरन्तर विकासलाई उच्च मुल्यांकन गरेको छ।

अवार्ड प्राप्तिपछि खुसी व्यक्त गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, “ग्लोबल आइएमई बैंकलाई यस अवार्डबाट विभूषित गरिएकोमा अत्यन्त खुशी लागेको छ। यो हाम्रो लागि मात्र नभई नेपालकै बैंकिङ तथा समग्र वित्तीय क्षेत्रको लागि ‘ग्लोबल’ पहिचान हो। यसले हामीलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ।” ढकालले ग्राहक, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, बैंकका कर्मचारी र सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ जिम्मेवार र उत्कृष्ट सेवा प्रदान गर्ने प्रण गरेका छन्।

ग्लोबल आइएमई बैंकको यो सफलता बैंकको सेवा विस्तारमा केन्द्रित रणनीति, नवीन प्रविधिको प्रयोग, र ग्राहकहरूको हितमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धतामा आधारित रहेको छ। बैंकले आगामी दिनहरूमा पनि ग्राहकहरूको विश्वास र सन्तुष्टिमा उच्च प्राथमिकता दिँदै अझ सशक्त बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्य राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया