|
|
२०८२ मंसिर २९
11.1k views
ललितपुर । नेपाली बजार पछिल्ला दिन सुन र चाँदीको मूल्य तीव्र गतिमा बढिरहेको छ । आज पनि सुन प्रतितोला एक हजार ९०० ले बढेको छ भने चाँदीमा पनि प्रतितोला ४५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार भने सुनको २ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाका ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । आइतबार भने चाँदी ३ हजार ८ सय २५ रुपैयाँमा खरिदविक्री भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया