२०८२ भाद्र २२
867 views

ललितपुर । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्दै शनिवार इन्द्रजात्रा पर्व मनाइएको छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ,ललितपुर,भक्तपुर,धुलिखेल,दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ ।
यसैबीच ललितपुर २३ धापाखेलमा पनि विशेष तयारीका यस वर्षको इन्द्रजात्रा पर्व मनाइएको छ । २३ नम्बर वडा कार्यालयकै आयोजनामा धापाखेलमा झाँकी सहित पर्व मनाइएको हो ।
वडाध्यक्ष जीवन महर्जनका अनुसार २०७९ साल देखि धापाखेलमा इन्द्रजात्रा पर्व मनाउन सुरु गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया