२०८२ फाल्गुन ६ | Feb 18, 2026

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ५
|
816 views

मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताउनुभयो । “पेट्रोल ट्याङ्कर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अन्य ४५ जना घाइते भएका छन्,” प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सादुले भन्नुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भन्नुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया