२०८२ आश्विन १६ | Oct 02, 2025

नागढुंगा सुरुङमार्गको प्राविधिक परिक्षण गरिँदै, दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुवाहक बस गुड्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ५
|
1.4k views

ललितपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि सडक विभागले दशैं अगाबै नागढुंगा सुरुङमार्गको परिक्षण सञ्चालन हुने जनाएको छ ।

यस आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको भए पनि हाल परीक्षण भने भएको छैन । तर अब सडक विभागले वडा दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुहरुको सहजतालाई मध्यनजर राखदै परिक्षणका रुपमा दशैंको ३–४ दिन अघिदेखि नै काठमाडौंबाट बाहिरिने यात्रु बसहरुलाई खोल्ने योजना गरेको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले सुरुङमार्गको परिक्षण गर्न ठेकेदार, परामर्शदाता र सुरक्षा अधिकारीहरूसँग छलफल भइरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया