नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा सुप्रभात काव्य गोष्ठी सम्पन्न

जयराम बिडारी

काठमाडौं १९ असार २०८१-नागार्जुन साहित्यिक प्रतिष्ठान , परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको तेश्रो शनिवार निरन्तर रुपमा संचालन गरिने सुप्रभात काव्य गोष्ठी इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा सम्पन्न गरिएको छ ।

नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा प्रमुख अतिथि प्रशिद्ध गीतकार प्रा। डा। कृष्णहरि बराल,प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवाल वरिष्ठ साहित्यकार पुष्कर लोहनी,रामबहादुर पहाडी,प्राज्ञ चेतनाथ धमला, इन्द्रकुमार श्रेष्ठ ‘सरित’ लगायत करिव तीन दर्जन सर्जक, साहित्यानुरागीहरुको समुपस्थितिमा उक्त कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा स्रष्टा विशेषका रुपमा वरिष्ठ साहित्यकार रामबहादुर पहाडीद्वारा गजल ‘म मरेपछि प्राज्ञ हुने हो’, ‘बहुला भएको छु म’, ‘फूलबारी तिम्रो राम्रो ‘ , ‘प्रिति गरेर गल्ति नगर्नु फेरी’ ‘मनमा फूराउ भाका जुराउ ‘ , के गनेर औंला भाँचिरहेछु लगायतका आधा दर्जन रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रममा इन्द्रकुमार श्रेष्ठ सरितद्वारा आशान्वित ‘अन्तिम प्रहर’ कविता वाचन अनुराधा थापाद्वारा असारे महिमागानको कविता,सामाजिक संजालीय समसामयिक ‘म खै त’चेवनचन्द्र बस्नेतद्वारा कविता वाचन, के सक्छौ तिमी श्रद्धाको फूल चढाउन भन्ने आशयको दिपक भेटुवालले ‘जिज्ञासा’ शीर्षकीय कविता वाचन गरेर नागार्जुन वाङ्मय प्रतिष्ठान सङ्गको सामिप्यलाई स्मरण गरे ।सुष्मा देवकोटाले प्रेम र भक्तिको दुर्वोध सम्मिश्रणको ‘दीवाकर’ शीर्षकीय गीत सुनाएर माहौलमा रौनकता प्रदान गरिन् भने देशको माया ओठमा होइन मुटुमा हुनुपर्ने बताउँदै पार्वती अधिकारीले कविता प्रस्तुत गरिन् ।

यसैक्रममा कवि नविन ‘पल्लवले’ म बेचिएरै भएपनि स्वाभिमान जोगाउछु भन्दै सुन्दर गजल प्रस्तुत गरेका थिए भने सोही अवसरमा जयराम बिडारीले २ वटा मुक्तक सुनाए । कलाधर गैह्रेले ‘शिक्षा’ शीर्षकीय कविता, पार्वती अधिकारीद्वारा २ वटा मुक्तक, लव खड्का ‘चिप्लिएर लड्न खोज्दा समाएँ भने तिम्रो हात मन परायो नभन कविता वाचन, अर्पणा खड्काले ‘तिमिले केही गर्नुपर्छ’ शीर्षकीय कविता वाचन गरिन् ।

पत्रकार तथा साहित्यकार यादव थपलियाको स्मृति दिवसका रुपमा समेत मनाइएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार पुष्कर लोहनीद्वरा नेपाली पत्रकारिताको क्षेत्रमा स्वर्गीय थपलियाको योगदान र क्रियाशीलताको स्मरण गर्दै ३ हाइकु प्रस्तुत गर्दै साहित्यिक क्षेत्रको सम्मानित मञ्चको रुपमा स्थापित नागार्जुनको स्तरीय कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा लक्ष्मणदेव पाण्डेले ‘दुरुस्तै ‘ कविता वाचन
रामहरि अधिकारीद्वारा एस एल सी फेल,सुशीला शर्मा तथा रामजी अधिकारीद्वारा छन्दोवद्ध कविता,एन बी जनकपुरीद्वारा स्रष्टा विशेषका रुपमा रहेका राम बहादुर पहाडीको रचनाको गीत प्रस्तुत, गोपाल सन्जेलले ‘राराको सुन्दर शब्दछाया’ प्राज्ञ चेतनाथ धमलाका २ हाइकु सहित ‘भ्रम’ शिर्षकीय कविता, वाचन गरे । कार्यक्रमका सञ्चालक समेत रहेका युवराज नास्तिकद्वरा ‘अधिनायक आँखाहरु’ कविता, रुबि सत्यालले समसामयिक असारे मुक्तक सहित मानवीय ‘अस्तित्व’ को जगेर्ना गर्नुपर्ने भावको कविता, तथा जीवनको अर्थको अनुसन्धान गर्नुपर्ने माग गर्दै अर्की कवि खुश्बू रिजालले ‘जिवनार्थ’ कविता वाचन गरिन् ।

प्रमुख अतिथि प्रा। डा। कृष्णहरि वरालद्वारा कार्यक्रममा वाचित रचनाको समग्रमा समिक्षा गर्दै कल्पना र भावनाका उडानका क्रममा गहिराईमा सृजित रचनाहरुले मानवीय समवेदनालाई नजिकबाट चिहाउँदै यथार्थ रुपमा प्रस्तुत गरिएको बताउँदै वाचन गरिएका कतिपय रचनाहरुमा सुधारात्मक टिप्पणी गर्दै आफ्ना गीतहरुका सन्दर्भ सहितको रचना वाचन गरिएको थियो । यसैगरि कार्यक्रमको अध्यक्षताको भूमिकामा रहेका दिल पौडेलद्वारा संस्थागत गतिविधिका बारेमा प्रकाश पारिएको थियो । सो अवसरमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालद्वारा स्वागत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया