२०८२ फाल्गुन ६ | Feb 18, 2026

निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १४
|
1.6k views

ललितपुर। विगत एक सातादेखि माइतीघर मण्डलामा आमरण अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे नेपाल चिकित्सक संघले ध्यानाकर्षण गराएको छ ।

डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले उनको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न संघले सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्य अवस्थाबारे संघको ध्यानाकर्षण भएको संघका महासचिव डा. सञ्जीव तिवारीले जनाएका छन् ।

नेपाल चिकित्सक संघले भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखा परेकाले उनको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसँग विज्ञप्ति मार्फत् माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया