ललितपुर । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो ।
मंसिर १ गते प्रतिनिधिसभा निर्वाचनका लागि खुलेको दल दर्ता आज दिनभरसम्मको समय रहेको छ । आयोगका अनुसार मंगलबारसम्म जम्मा ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।
आगामी फागुन १ को चुनावमा भाग लिनका लागि राजनीतिक दलहरुले आजसम्म निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने हुन्छ । निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ६ गतेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ताको समयसीमा छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघमा हुनेछ ।
यस्तै माग ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुनः उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया