२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्वाचन आयोग आज प्रधानमन्त्री सुशीला कार्की सहित अन्य राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ७
|
1.5k views

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न आज निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका प्रतिनिधि र सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछ । छलफलका लागि आयोगले आज दिउँसो १ बजेको समय निर्धारण गरेको हो ।

आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचन र यससँग सम्बन्धित थप विषयमा छलफलका लागि प्रधानमन्त्री सुशीला कार्कीसहित अन्य राजनीतिक दलका प्रतिनिधिहरु छलफल गर्न लागेको हो । आजको छलफलमा हालसम्मको आयोगको तयारी, सुरक्षा अवस्था, राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि छलफल हुनेछ । वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर विभिन्न राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउनबाट पछाडि हट्दै गएको आरोप लगाउँदै समयमै निर्वाचन हुनुपर्ने माग गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया