२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुली जीवन बीमक संघ नेपालकाे अध्यक्षमा चयन

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १०
|
918 views

ललितपुर । जीवन बीमक संघ नेपालको भदौ २९ गते मा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

संघको विधान अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल) कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् ।

संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नु पर्ने प्रभावकारी भूमिकाहरुमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया