२०८२ फाल्गुन ६ | Feb 18, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
4.2k views

ललितपुर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टितेल)को मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो।
घटाइएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

नयाँ मूल्य इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार समायोजित गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया