|
|
२०८२ पुष १४
1.2k views
ललितपुर । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि विहीबार अर्थात् पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरूलाई आह्वान गरेको छ।
राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी जनाएको छ ।
यो लगानी सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया