२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब १ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ८
|
1.2k views

ललितपुर । आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबारको दिन ३९.९२ अंक बढेर २६००.२२ विन्दुमा बन्द भएको नेप्से, सोमबारको सोही सेसनमा ०.९७ अंक बढेर २६०१.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ६२ स्टकको १६४ पटकको कारोबारमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँबराबरको ४४ हजार ८६१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया