|
|
२०८२ पुष १
1.4k views
ललितपुर । आज साताको तेस्रो कारोबार अर्थात् मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
सोमबार अथर्जात् अघिल्लो कारोबारको दिन ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही ०.१९ अंक बढेर २६०१.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक घटेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ४२ स्टकको ६९ पटकको कारोबारमा १७ लाख ५४ हजार ७१२ रुपैयाँबराबरको २ हजार ८२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।












फेसबुकबाट तपाईको प्रतिक्रिया