|
|
२०८२ मंसिर ४
12.1k views
ललितपुर । नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । विहीबार छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदविक्री भइरहेको छ । बुधबार भने सुनको मूल्य २ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ पुगेको छ । बुधबार भने चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया