२०८२ आश्विन १६ | Oct 02, 2025

मकवानपुरको एक पसलमा लागेको आगोबाट २ करोड बराबरको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
1.3k views

ललितपुर। मकवानपुरको एक पसलमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिका –५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान एकाएक आगो सल्कियो । उक्त आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घर धनी जिम्बाका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा करिव २ घण्टासम्म आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेको छ ।

यसैगरी पसलबाट नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीको टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो भने निभाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया