२०८२ फाल्गुन ६ | Feb 18, 2026

मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ४
|
1.3k views

ललितपुर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदान गर्न योग्य उमेर (१८) वर्ष पुग्ने मितिसमेत निर्धारण गरेको छ । आगामी फागुन २० सम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले फागुन २० सम्म १८ वर्ष पुग्नेहरूको विवरण मंसिर २० गते प्रकाशन गर्नेछ ।

आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । आयोगका अनुसार, यस अवधिमा झुटो विवरण दिई नाम समावेश गरेको विरोधमा उजुरी दिन सकिनेछ । यस्तै, एकभन्दा बढी स्थानमा नाम भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने छ । यस्तै, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरूको नाम हटाउन सकिनेछ ।

यसका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिकरूपमा उपस्थित भएर तथा आयोगको अनलाइन प्रणालीमार्फत पनि निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया