|
|
२०८२ कार्तिक २४
1.5k views
ललितपुर । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उनलाई हटाइएको हो।
सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया