ललितपुर । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाली सेनाका दुईजना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने, ल्याण्ड फोर्स टकको छैटौं बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २।१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गरेको छ ।
२०८२ मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने युनाइटेड नेशन कन्भिन्सन एगिनिस्ट करप्शनको ११ औं सेशन अफ द कन्फ्रेन्स अफ द स्टेट पार्टिजमा सहभागी हुन सचिव गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने , २०८२ मङ्सिर ६ गते साउदी अरेबियाको रियादमा आयोजना हुने ११ औं मिनिस्टिरियल कन्फ्रेन्स अफ द लिस्ट डेभलपमेण्ट कन्ट्रीजमा सहभागी हुन सचिव (उद्योग) कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रश्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्वन्धमा नेपाल सरकारको तर्फवाट विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने , वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने , निर्णय गरेको छ ।
यसैगरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजङ्ग थापाको संयोजकत्वमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने , २०८२ मङ्सिर ८ मा भारतको नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्लीस्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने , ल्याण्ड फोर्स टकको छैटौं बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्न स्वीकृति दिने , वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने , हाल भईरहेको छनोट प्रक्रियाबाट नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रवन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने , मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरा कायम गर्ने , शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पनाकुमारी श्रेष्ठ, नवलपरासीलाई तोक्ने निर्णय भएको छ ।
यस्तै सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने , नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने, सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने , जापानका लागि नेपालका पूर्वराजदूत डा मदनकुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान तथा काठमाडौस्थित जापानी दुतावासको पूर्वकर्मचारी रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने , २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १ ५ हजार रुपैयाँ तत्काल राहत रकम उपलब्ध गराउने ,२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामा आयोजना हुने फर्गिन एम्बीटुस ग्लोवल पार्टनरसिप फर सस्टेनेबल एण्ड रेसिलेन्स ग्रेजुएशन अफ लिस्ट डेभलपमेण्ट कन्ट्रिज विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई स्वीकृति दिने , दार्चुला जिल्ला साविक धाप गा वि स वडा नं ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५–१३–३–२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने , ईन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने ,२०८२ मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने बिल्डिङ अ केयर मुभमेण्ट टेक्निकल असिस्टेन्स फ्याकल्टी अन ट्रान्सफर्मिङ केयर सिस्टम्स इन द कन्टेक्स्ट डेमोग्राफ सिफ्ट्स कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने , सशस्त्र प्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने , पनि सरकारले निर्णय गरेको छ ।
–



















फेसबुकबाट तपाईको प्रतिक्रिया