ललितपुर । गत भदौ २३ र २४ को आन्दोलन र आगजनी पश्चात् नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध आक्रामक बनेका जेनजीका युवाहरु उनको प्रतिकारमा निरन्तर लागि परेका छन् । बुधबार कैलालीको धनगढीमा पनि बस्नेत विरुद्ध विरोध प्रदर्शन भएको छ ।
महेश बस्नेत धनगढी पुग्ने जानकारी पाउनसाथ जेनजी युवाहरूले आज बिहानैदेखि धनगढी बजारमा हात हातमा प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनले नेकपा एमाले नेतृत्वको सरकार विस्थापित गरेको थियो । त्यसपछि जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।
यसअघि गत ४ मंसिरमा बाराको परवानीपुर र मंसिर ७ मा सुनसरीको इटहरी र मंसिर ९ सुर्खेतमा आयोजित कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।
यस्तै इटहरीमा पनि बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया