२०८२ फाल्गुन ६ | Feb 18, 2026

रवि र छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २७
|
1.1k views

ललितपुर । तुलसीपुर उच्च अदालत बुटवल इजलासले सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक पूर्व डिआइजी तथा छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।


न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले आज यस्तो आदेश आदेश दिएको हो । यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो । लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुना बाहिर रहेर मुद्दा लड्न माग गरेका थिए । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

आज लामिछानेका तर्फबाट अधिवक्ताहरू नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गरेका थिए । सरकारी वकिलको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय, बुटवलका महान्यायाधिवक्ता सन्देश श्रेष्ठ र महान्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया