२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित, अन्य पदमा को को ? (सुची सहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ८
|
1.2k views

ललितपुर । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन् । संगठनको १४ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चुन्न भएको मतदानबाट शाही निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए। गएराति भएको विद्युतीय मतदान प्रणालीबाट अध्यक्षमा शाही निर्वाचित भएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा महिलातर्फ अम्बिका चापागाईं निर्वाचित भएका छन् भने महासचिवमा प्रकाश खनाल निर्वाचित भए।

त्यसैगरी कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव महिलातर्फ वेणु काफ्ले निर्वाचित भएका छन् ।

बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया