राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ
काठमाडौं १९ असार २०८१।
राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका केबी उप्रेती पक्राउ परेका छन् । सहकारी अभियन्ता उप्रेतीलाई सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।
आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।
एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहेका उप्रेतीले संसदीय छानबिन समितिले मंगलबार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुझाव दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया