२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशकमा पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २०
|
612 views

ललितपुर । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ ।

पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल पौडेल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया