२०८२ फाल्गुन ६ | Feb 18, 2026

रेकर्ड मूल्यबाट घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १
|
27.3k views

ललितपुर । विहीबार सुन र चाँदीको मूल्य रेकर्ड मूल्यबाट सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला १ हजार ५०० रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय ७० रुपैयाँका दरले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया