२०८२ फाल्गुन ६ | Feb 18, 2026

रेकर्ड मूल्यबाट तल झरर्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १०
|
19.3k views

ललितपुर । नेपाली बजारमा विहीबार सुनचाँदीको मूल्य सामान्य घट्दा रेकर्ड मूल्यबाट केही तल ओर्लिएको छ । बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया