|
|
२०८२ पुष १४
10.1k views
ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य रेकर्ड मूल्यबाट केही तल झरेको छ । आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम गरिएको थियो । उक्त मूल्य हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज बजारमा चाँदीको मूल्य भने बढेर नयाँ रेकर्ड बनाउन सफल भएको छ । पछिल्ला दिनहरुमा निकै उचाइमा पुगिरहेको चाँदीको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाउन सफल भएको हो । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदीको मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ५६ रुपैयाँमा खरिदविक्री भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया