|
|
२०८२ पुष १७
19.8k views
ललितपुर । रेकर्ड मूल्यबाट लगातार घटिरहेको सुनचाँदीको मूल्य आज चौथो दिन पनि घटेको छ । विहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ । बुधबार भने चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा खरिदविक्री भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया