२०८२ फाल्गुन ६ | Feb 18, 2026

लगातार तेस्रो दिन पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ११
|
30.5k views

ललितपुर। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज लगातार तेस्रो दिन पनि सुनको मूल्य तोलामा २ हजार ९०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

यसैगरी मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया