२०८२ फाल्गुन ६ | Feb 18, 2026

विस्तारै उकालो लाग्दै सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
5k views

ललितपुर । आज साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । उच्चबिन्दूबाट घटेको सुनको मूल्य अब बिस्तारै फेरि उकालो लागिरहेको छ । आज पनि छापावाला सुन प्रतितोला २०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ३७ हजार ४०० को रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । जसअनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया