२०८२ आश्विन १६ | Oct 02, 2025

शितलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ६
|
1.3k views

ललितपुर । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । चारैजनालाई आज राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

आज सपथग्रहण गर्नेहरुमा उद्योग, कानुन र भूमि मन्त्रालयमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, सञ्चार तथा सूचना मन्त्रालयमा पत्रकार जगदिश खरेल र कृषि मन्त्रबालयमा मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम मन्त्रीका लागि सिफारिस गरिएको भए पनि हाललाई स्थगित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया