२०८२ आश्विन १६ | Oct 02, 2025

सरकारद्वारा शिक्षकलाई आन्दोलन छाडेर विद्यालय फर्कन अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३
|
510 views

काठमाडौँ । सरकारले १५ दिन देखिआन्दोलनरत शिक्षकहरुलाई आन्दोलन छाडेर आआफ्नो विद्यालयमा फर्कन अनुरोध गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिलेको समय विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समेत समय भएकाले शिक्षकहरुलाई सडक आन्दोलनका सम्पूर्ण गतिविधिहरु रोकेर आ–आफ्नो काममा फर्कन आग्रह गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको विरोध प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको भएको थियो।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यसका लागि निरन्तर संवादमा रहेको समेत बताए । तर, आन्दोलनरत शिक्षकहरुले भने यो विषयमा महासंघमा छलफल हुने र त्यसपछि मात्र निर्णय लिने बताएका छन् । आफूहरु सडक आन्दोलनमा रहने कि विद्यालय फर्कने भन्ने विषयमा अहिले नै आधिकारिक धारणा तय भइनसकेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया