सांग्रिला डेभलपमेन्ट बैंकको लिलामी सेयर २ करोड ६६ लाख ४७ हजारमा बिक्रि
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_768,h_432/https://businesspati.com/wp-content/uploads/2017/12/Sangrila-development-bank.jpg)
बिजनेसपाटी २८ चैत्र
सांग्रिला डेभलपमेन्ट बैंकले केहि दिन अगाडी लिलाम मार्फत बिक्रि गरेको शेयरबारे सर्वसाधारणलाई जानकारी दिएको छ । सांग्रिलाले चैत्र १३ गतेदेखि २० गतेसम्म (संस्थापक ३ लाख ५२ हजार ७ सय २२ दशमलव ५० कित्ता र ५ लाख ९ हजार २ सय २५ कित्ता साधारण) ९ लाख १ हजार ९ सय ९७ दशमलव ५० कित्ता शेयर लिलाममा राखेकोमा साधारणतर्फको शेयरमा कुल १२ सय २५ र संस्थापकतर्फ ७१ आवेदन परेको थियो।
साधारणतर्फको कटअफ मूल्य १ सय ४२ कायम थियो । संस्थापकतर्फ भने कटअफ मूल्य १०५ कायम थियो । साधारणतर्फको शेयर ३२० जनाले सकार्ने मौका पाए भने संस्थापकतर्फको शेयर १ हजार २२५ बोलकबोल दाता मध्ये ३२० जनाले साधारणतर्फको शेयर सकार्ने मौका पाएका छन । संस्थापकतर्फ आबेदन दिएका ७१ मध्ये ५३ जनाले संस्थापक सेयर सकारेका छन।
लिलाम मार्फत बिक्रि भएको सेयरबाट २ करोड ६६ लाख ४७ हजार ६७९.२० रुपैयाँ प्रिमियम बैंकको खातामा जम्मा भएको बैंकले जनाएको छ। शेयर बाँडफाँड पश्चात बैंकको शेयर पुंजी २ अर्ब ५० करोड पुग्ने बैंकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया