२०८२ फाल्गुन ६ | Feb 18, 2026

सामान्य घट्यो सुनको मूल्य, चाँदी आज पनि बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २३
|
6.1k views

ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपमा घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ पुगेको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने पुन बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेकिो हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, पछिल्लो समय निकै उचाईमा पुगेको सुन र चाँदीको निकै निकै उतारचढाव आइरहेको छ । घट्ने अनुमान लगाइरहेका सुनचाँदी व्यवसायीहहरू दिनप्रतिदिन सुनको मूल्य बढ्नुले व्यापार राम्रो हुन नसकेको बताइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया