|
|
२०८२ कार्तिक २८
5.2k views
ललितपुर । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । विहीबार तोलामा ५ हजार ९०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार भने ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाममा कारोबार भइरहेको छ । विहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँका दरले घटेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार भने चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमा खरिदविक्री भएको थियो ।
शनिबार भने सार्वजनिक बिदा परेकाले सुनचाँदीको नयाँ मूल्य निर्धारण गरिने गरेको छैन ।






फेसबुकबाट तपाईको प्रतिक्रिया