|
|
२०८२ मंसिर ५
6k views
ललितपुर । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य रुपमा घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार ६०० रुपैयाँका दरले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य विहीबार २ लाख ४३ हजार ३०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँका दरले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको । विहीबार भने चाँदीको मूल्य ३ हजार १ सय ८५ रुपैयाँमा कायम थियो ।





फेसबुकबाट तपाईको प्रतिक्रिया