२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुकुम्बासी बस्तीमा बालेनका विरुद्ध खरो उत्रिए दुर्गा प्रसाईं

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
1.1k views

ललितपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं बालेन शाहका विरुद्धमा उत्रिएका छन् । आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले आफू सुकुम्बासीका साथमा रहेर लड्ने बताए ।

काठमाडौं महानगरपालिकाले नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि प्रसाईले मनोहरा नदी किनारमा भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्।

शुक्रबार नदी किनाराका बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको म्याद सकिएपछि महानगरले आइतबारबाट बस्तीमा डोजर चलाउने निर्णय गरेको थियो । त्यसैको बिविरुद्धमा प्रसाईंले आफू सुकुम्बासीहरू पक्षमा रहेको र मेयरविरुद्ध लड्ने बताएका हुन् । उनले सुकुम्बासीलाई भोटका लागि मात्र प्रयोग गर्ने गरिएको भन्दै आफू उनीहरुसँग भोट नमाग्ने तर उनीहरुलाई पक्की घर दिलाउन सहयोग गर्ने बताएका छन् ।

उनले सुकुम्बासीलाई हात लगाए उसको घर परिवारलाई नछाड्ने चेतावनी दिँदै सुकुम्बासी हात लगाउने सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी दिएका छन् । प्रसाईंँले बब्लु गुप्तालाई मन्त्री बनाउनका लागि बालेन शाह र भिक्टर पौडेल मिलेर २ करोड रुपैयाँ खाएको आरोपसमेत लगाएका छन्।

यसैक्रममा प्रसाईंले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान समेत गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया