सुनको मुल्यले यो साता पनि राख्यो रेकर्ड, अमेरिकी डलरको मुल्यमा आएको उतारचढाव मुख्य कारण

काठमाण्डौ २६ जेठ २०८१

यो साता पनि बिश्व बजारमा सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको मुल्यमा आएको तिव्र उतार
चढावका कारण लगानीकर्ताहरु सुरक्षित लगानी तर्फ आकर्षित हुँदा सुनको मुल्यमा चाप परेको बिश्लेषकहरुले बताएका छन् । बिश्व
बजारमा साताको दोस्रो र चौथो दिन सामान्य तल झरेको मुल्य अन्य दिनहरुमा भने बढ्यो । साताको पछिल्लो काराबार भएको दिन
शुक्राबार मुल्यले रेकर्ड राखेको छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तब्य
मार्फत सुनको भन्सार दरमा गरेको बृद्धिका कारण अघिल्लो साता पनि बढेको मुल्यमा बिश्व बजारमा आएको प्रभावले नेपाली
बजारमा यो साता पनि मुल्यले रेकर्ड राख्यो । साताको दोस्रो र चौथो दिन सामान्य घटेको सुनको मुल्य पाचौं दिन उकालो लाग्यो
साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २४ हजार ३ सय १५ रुपैयाँ पुगेर
नयाँ रेकर्ड राखेको हो ।साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रति १० ग्राम २ हजार ५
सय ७० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्र ति १० ग्राम १ हजार ५ सय ८६
रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय २९ रुपैयाँ कायम भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया