२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा उल्लेख्य वृद्धि, पुग्यो २ लाख ५० हजारभन्दा माथि

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १२
|
10.6k views

ललितपुर । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज मात्र सुन प्रतितोला २ हजार २०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ५० हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । विहीबार भने छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार भने चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ कायम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया